प्रर्दशनीमा तेश्रो दिन आज दुइ कृति बिमोचन हुने

भदौ २९, काठमाडौँ-राजधानीको भृकुटीमण्डपमा जारी बृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सवको तेस्रो दिन आज ‘हेटौंडा यसरी बोल्छ’ शिर्षकमा बाचन र विमर्श हुदैछ । तेश्रो दिन आज कविताका साथै गजलका पारखीका लागि विशेष कार्यक्रम हुने प्रवक्ता विप्लव ढकालले जानकारी दिए ।  कार्यक्रममा प्रतिनिधि २० गजलकारले गजल बाचन गर्नेछन् । पढौ अनि पढाऔ , पठन संस्कृति बढाऔ’ भन्ने मुल नाराका शुक्रबारबाट सुरु भएको बृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सव असोज ५ गतेसम्म चल्नेछ । प्रदर्शनीमा ७० प्रकाशन संस्थाका करीब विभिन्न विधाका१० हजार पुस्तक राखीएका छन् ।