सर्वपक्षीय सम्मेलनमा सहभागि हुनेलाई आज पत्राचार गरिने

भदौ २९, काठमाडौँ-तीन शीर्ष दल र एमाओवादीको बैठक आज बस्दैछ । आजको बैठकले सर्वपक्षीय राजनीतिक सभामा सहभागि हुने दलहरुलाई आज पत्राचार गर्ने संचारमन्त्री एवंम् सरकारका प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिए । यही भदौ ३१ गते मंगलबार गरिने सभाका लागि आज ६४ दललाई  पत्राचार गर्ने निर्णय हिजो बसेको चार दलीय कार्यदलको बैठकले गरेको थियो । सम्मेलनमा सहभागी गराउने ३३ दलीय मोर्चामाको सुचि बैद्य माओबादीले आज उपलव्ध गराए लगत्तै सबै दललाई पत्राचार गरिने कार्यदल एक सदस्यले बताए । कार्यदलले साना दलहरुलाई पाँच मिनेट र ठूला दलहरुलाई केही बढी समय दिने गरि समयको टुंगो समेत लगाइसकेको छ । सर्वपक्षीय राजनीतिक सभामा नयाँ संविधानका अन्तरवस्तुमा मात्रै छलफल हुने भएको छ ।