राष्ट्रिय बाल दिवस मनाइदै

भदौं २९,काठमाडौं-‘बाल बालिकाका कुरा सुनौैँः बाल दुव्र्यवारहको अन्त्य गरा’ैँ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम गरि मनाइदैछ । । दिवशका अवसरमा आज देशैभरी बालबालिकाको क्षेत्रमा काम गर्ने बिभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले बिभिन्न कार्यक्रम गर्ने जनाएका छन । चाईल्ड एनजिओ फेडेरेशन नेपाल लगाएतका संस्थाले बालबालिकलाई कुनै पनि प्रकारको सजाय विना असल नागरीक बनाउने शिक्षा प्रदान गर्नु अभिभावक तथा शिक्षकको कर्तव्य भन्दै दिवस मनाउँन लागीएका हुन । नेपालमा पछिल्ला वर्षमा बाल यौन दुव्र्यवशारका घटना वृद्धि भईरहेको प्रहरी तथ्यांकले देखाएको छ ।

बाल अधिकारको प्रवद्र्धन गर्न नसक्नु यो क्षेत्रमा काम गर्ने संघसंस्थाका लागी लज्जाको विषय भएको फेडेरेसनको भनाई छ ।  नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।