राजनीतिक सभाको कार्यविधिको टुंगो

 भदौं २९,काठमाडौं-प्रमुख चार राजनीतिक दलले राष्ट्रिय सर्वपक्षीय राजनीतिक सम्मेलनमा सहमति जुटेका संविधानका अन्तर्बस्तुलाई प्रधानमन्त्रीमार्फत संविधानसभामा पठाउने सहमति गरेका छन् ।  आजको नागरिक दैनिक लेख्छ, नेपाली कांग्रेस, एमाले, एमाओवादी र नेकपा माओवादीका नेता सम्मिलित चारदलीय कार्यदलको शनिबार बसेको बैठकले भदौं ३२ गते राजधानीमा हुने राजनीतिक सम्मेलनको कार्यविधि, प्रक्रिया, सहभागितामा पनि सहमति जुटाएकोछ ।

कार्यदलका एक सदस्यले सम्मेलनमा सहमति जुटेका संविधानका विषयलाई प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभा अध्यक्ष मार्फत संविधानसभामा प्रवेश गराउने सहमति भएको छ ।