एमाओवादीले कांग्रेस-एमालेलाई साथ दिए सुनमा सुगन्ध हन्थ्यो: खनाल

भदौ २८, काठमाडौँ-नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकीकृत नेकपा माओवादीलाई संविधान विरोधीहरुसँगको गठबन्धन तोड्न र संविधान निर्माण प्रक्रियामा गहन भएर लाग्न आग्रह गरेका छन् । राजधानीमा आज भएको युवा संघ नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता खनालले लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै एउटै मेसोमा आएर मुलुकलाई छिटो निकास दिने मसोमा आउन एमाओवादीलाई आग्रह गरेका छन् । खनालले माओवादीको पहलमा गठन भएको मोर्चाका कारण प्रतिगामी तत्वले चलखेल गर्ने अनुकुलता पाउने हुनाले त्यसो नर्गन समेत सुझाव दिएका छन् । सो अवसरमा नेता खनालले मधेसवादी शक्तिहरुले पनि लोकतान्त्रिक संविधान निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गर्न समेत सुझाव दिएका छन् । उनले कांग्रेस एमालेबीचको सम्बन्ध संविधान जारी भएपछि परिवर्तन आउने र त्यसमा माओवादीले साथ दिए सुनमा सुगन्ध हुने समेत  बताएका छन्  ।