आमा हराएपछि चिन्ता

भदौं २९,दोलखा-साँझपख घरबाट निस्किएकी ४६ वर्षीया रत्नकुमारी श्रेष्ठ थुप्रैदिन भइसक्दा पनि नफर्किएपछि परिवारमा चिन्ता बढ्दै गएको छ । आजको कान्तिपुर दैनिक लेख्छ  दोलखा बुलुङखानी घर भई लादुक- ८ सिंगटी बजारमा बस्दै आएकी श्रेष्ठ भदौ २४ गतेदेखि हराएकी हुन् । चाडपर्वका बेलामा छोराछोरीलाई नरमाइलो हुन्छ भनेर माइतसमेत नजाने र घरमै बसिरहने रत्नकुमारी वेपत्ता हुनुको कारण खुलेको छैन् ।

रत्नकुमारी बेपत्ता भएपछि उनीका श्रीमान रेखबहादुर मुच्छिर्त छन् । छोराबुहारी र नातिनी चिन्तामा देखिन्छन् । प्रहरी नायव उपरीक्षक कमल खरेलका अनुसार खोला किनारमा केही लुगाहरु भएको शंकाले तामाकोसी नदी किनारै किनार खोजी कार्यलाई तीब्रता दिइएको छ ।