नेता बोगटीको अवस्था गम्भीर

भदौ २८, काठमाडौँ-एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको  छ । नेता बोगटीको स्थिति स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।  बोगटीको स्वास्थ्यमा कुनै सुधार नभएपछि एमाओवादीको शीर्ष नेतृत्व र उपचारमा संलग्न चिकित्सकबीच थप उपचारका विषयमा  छलफल भएको थियो ।  वरिष्ठ स्नायुरोग विशेषज्ञ वसन्त पन्त, मस्तिष्करोग विशेषज्ञ पङ्कज जलान, यादवदेव भट्टलगायतको टोलीसँग आज रातभरको अवस्था अध्ययन गरेपछि मात्रै विदेश लैजाने वा अन्य उपचार पद्धति अपनाउने भन्ने विषयमा छलफल भएको एमाओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।  हाँले मुलुकै चिकित्सक सक्षम रहेका कारण विदेश लैजानेभन्दा पनि स्वदेशमा नै उपचार गर्ने र त्यो नभए मात्रै विकल्प रोज्ने सुझाव दिइएको बताउनुभयो ।    बोगटीको उपचारमा संलग्न चिकित्सक भट्टका अनुसार मस्तिष्काघात र हृदयाघात एकै पटक भएका कारण स्थिति गम्भीर रहेकाले मस्तिष्कको शल्यक्रिया गर्न जटिल छ । हृदयाघातमा सुधार आए पनि मस्तिष्काघातका कारण बोगटीको अवस्था गम्भीर देखिएको उहाँको भनाइ छ । मस्तिष्कको बायाँ भागमा रगत जमेका कारण पक्षाघातको अवस्थामा पुगेको बताइएको छ ।