विधि अनुसार पार्टी चल्नुपर्छ–सचिव विष्ट

भदौ २८, नवलपरासी- नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी विधि र प्रक्रियाअनुसार चल्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी नवलपरासीले आज गैँडाकोटमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले दुई मन्त्री हेरफेर भएकाप्रति असन्तुष्टी जनाउँदै पार्टी अध्यक्ष केपी ओलीले मनोमानी गर्न खोजेकामा त्यस्तो स्वीकार्य नहुने बताउनुभयो ।  नयाँ संविधान निर्माणमा नेकपा–माओवादीलाई पनि समेटिनुपर्ने बताउँदै सचिव विष्टले तोकिएको समयभित्रै सहमतिका आधारमा संविधान जारी हुने उल्लेख गर्नुभयो ।