तल्लो मोदीखोलाको उत्पादन सुरु

भदौं २९, पर्वत-पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुचारु भएको छ ।  पहिरोको कारण क्षतिग्रस्त संरचनाको अस्थायी मर्मत गरी १७ दिनपछि विद्युत् उत्पादन सुचारु भएको हो । भदौ ११ गते आएको बाढीका कारण आयोजनाको दुई किलोमिटर लामो नहरको विभिन्न ठाउँमा क्षति पु¥याएपछि उत्पादन बन्द भएको थियो । अस्थायी मर्मत गरी हिजो रातिदेखि उत्पादन सुचारु गरिएको आयोजनाका निर्देशक उपेन्द्रराज गौतमले जानकारी दिनुभयो ।

“मर्मतपछि आयोजना पूर्ण क्षमतामा १० मेगावाट नै विद्युत् उत्पादन भइरहेको छ उहाँले बताउनुभयो । बर्षायाममा अस्थायी मर्मत गरिएको र हिउँद लागेपछिमात्रै स्थायी ढङ्गले भत्केका संरचना बनाउने आयोजनाले जानकारी दिएको छ । “अहिले स्थायी संरचना बनाउने अवस्था नभएकाले अस्थायी ढङ्गले उत्पादनमात्रै सुचारु गरेका हाँै”, आयोजना निर्देशक गौतमले भन्नुभयो ।  निजी क्षेत्रको युनाइटेड मोदी हाडड्रोपावर लिमिटेडले आयोजना निर्माण गरेको आयोजनामा कुस्मा नगरपालिका–१२ मा रहेको आयोजनाको नहरमा दर्जनाँै ठाउँमा पहिरो गएको थियो भने केही स्थानमा नहर नै भत्काएको थियो । करिब १५ मिटर नहर भत्केको र २०० मिटर पहिरोले पुरेको थियो ।

आयोजनामा पहिरोले रु तीन करोड बढीको क्षति पु¥याएको निर्देशक गौतमले बताउनुभयो । विद्युत् उत्पादन बन्द हुँदा दैनिक रु १० लाख घाटा लाग्छ । विद्युत् उत्पादनमा लागेको झन्डै दुई करोड घाटा र क्षतिसहित आयोजनाले रु पाँच करोड बढी क्षति व्यहोरेको गौतमको भनाइ छ ।  चुवा गाविसस्थित आयोजनाबाट उत्पादित विद्युत् चार किलोमिटर लामो प्रसारण लाइनमार्फत पातीचौरस्थित सवस्टेसनबाट केन्द्रीय प्रसारणमा जोडिएको छ । आयोजनाले दुई वर्ष पहिलेदेखि नियमित विद्युत् उत्पादन गर्दै आएको छ ।  यसैबीच, पर्वतको कुस्मा नगरपालिकामा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् परियोजनामा सम्झौताबमोजिम काम नगरेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरू आन्दोलनमा उत्रिएका छन् ।