नेपाल–भारत सीमा नाका आज खुल्ने

भदौ २८, काठमाडौँ-छिमेकी राष्ट्र भारतको विधानसभा उपनिर्वाचनलाई मध्य नजर गरी बन्द गरिएको नेपाल–भारत सीमा आज बेलुकीबाट खूल्ले भएको छ । विधान सभालाई मध्य नजर गर्दै नेपाल भारत सिमा तिन दिन देखि बन्द भएको थियो । बर्दियाको जमुनिदेखि कोठियाघाटसम्मको नेपाल भारत सीमा आज बेलुकी साढे ६ बजेबाट भने खूल्ने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

भारतको उत्तरप्रदेश अन्तर्गत बहराईचका जिल्ला अधिकारी र बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय प्रमुखबीच भएको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको थियो ।