नेबिसंघको महाधिबेशन फेरी स्थगित, विद्यार्थी नेताहरु आक्रोशित

भदौ २८, काठमाडौँ-नेपाली काँगे्रसको भातृ सगंठन नेपाल विद्यार्थी संघको भोली देखि सुरु हुने भनिएको ११ औं महाधिवेशन स्थगित भएको छ । धेरैपटक घोषणा गर्दै स्थगित गरिँदै आएको नेविसंघको महाधिवेशन पछिल्लोपटक २९ देखि ३१ भदौमा काठमाडौंमा गर्नेगरी तोकिएको भएपनि आज बिहान बसेको  महाधिवेसनको तयारीका विषयमा छलफल गर्न मतदाता नामावली अध्ययन तथा छानवीन समितिले स्थिगीत गरेको नेविसंघका केन्द्रिय अध्यक्षका उमेदबार जितजंग बस्नेतले जानकारी दिनुभयो ।

सघको आज बिहान बसेको बैठकले समय अभाव भएको र तयारी नपुगेको भन्दै बैठक महाधिवेशन स्थगित  गरेको श्रोतले जनाएको  छ । १४ सदस्यीय समितिले ३५ जिल्लाका प्रतिनिधिको नाम टुङ्गो लागइसकेको र बाँकी जिल्लाको नाम टुङ्गो लगाएर भोलि बिहान आन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेपनि पुर्वसन्ध्यामा रहेको महाधिवेशन किन स्थिगित गरियो भन्नेमा आफु आश्र्चयमा परेको पुर्वउपाध्यक्ष एवंम अध्यक्षका प्रत्यासी बस्नेतले बताउनुभयो ।

माउ पार्टी कांग्रेसमा विवाद र व्यवस्थापनको तयारीसमेत नभएकाले महाधिवेशनबारे विद्यार्थी नेताहरु नै अलमलमा परिरहेका बेला महाधिवेशन स्थगित भएको खबर आएसँगै देशभरबाट  काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरु आक्रोसित हुन थालेका छन् । नेविसंघको महाधिवेशन सम्पन्न गर्न कांग्रेसले महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा निर्देशन समिति गठन गरेको थियो । तर, समितिका नेताहरुमा विवाद भएपछि महाधिवेशन अन्योलमा परेको श्रोतले जनाएके  छ । निर्देशन समितिमा डा प्रकाशशरण महत, विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशी, बद्री पाण्डेलगायतका नेता सदस्य थिए ।