अन्तरविद्यालय फुटबलको समेमिफाईनल आज

भदौ २८, काठमाडौँ-अन्तरविद्यालय राष्ट्रिय फुटबल प्रतियोगीताको समेमिफाईनल खेल आजबाट ल्याब्रोटरी स्कुल किर्तीपुरमा हुने भएको छ । नेपाल विद्यालय फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगीतको पहिलो समेमिफाईनल मोररङको पोखरिया मावि र बाँकेको दिपज्योती विच हुने भएको छ । त्यस्तै दोस्रो सेमिफाईनलमा काठमाण्डौंको अमर अंग्रेजि बोर्डिङ स्कुल र तनहुँको निर्मल उमावि भिड्ने भएका छन् ।