शीर्ष दल र नेकपा माओवादी बैठक बस्दै

भदौ २८ ,काठमाडौँ-संविधान नर्माण प्रक्रियालाई सहज बनाउ भन्दै दलहरुबीच भदौ ३१ गते सर्वपक्षीय राजनीतिक सभा गर्ने सहमति भएसँगै तीन शीर्ष दल र नेकपा माओवादी बिच आज पनि छलफल हुने भएको  छ । तीन शीर्ष दल नेपाली काँग्रस, नेकपा एमाले र एमाओवादी तथा  नेकपा माओवादी सहभागी हुने बैठकमा यसअघि नेकपा माओवादी सहतिको ३३ दलिय मार्चानै सहभागी हुने भनीयता पनि कुन दलबाट कति सहभागी गराउने भन्ने बारेमा आजको छलफलबाट टुङ्गो लगाइने माओवादीका प्रवक्ता पम्पा भूषालले  जानकारी दिनुभयो । प्रवक्ता भूषालका अनुसार दलहरुको हैसियतका आधारमा प्रतिनिधित्व संख्या टुगों लगाइनेछ । आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरमा अपराह्न्न साडे ४ बजे बस्ने बताइएको  छ ।

यसअघि हिजो शिर्ष तीन दल र नेकपा–माओवादीले भदौ ३१ गते बिहान ९ बजे सर्वपक्षीय राजनीतिक सभा संविधानसभा भवन नयाँ बानेश्वरमा गर्ने निर्णय गरेका थिए ।  त्यसअघि सम्मेलन कहिले बोलाउने विषयमा विवाद थियो । राजनीतिक सभामा संविधान निर्माण सम्बन्धी विषयहरुमा मुख्य रुपमा छलफल हुनेछ ।