राष्ट्रिय खुला कराते प्रतियोगिता आज देखि

भदौ २८ ,काठमाडौँ-चौथो राष्ट्रिय खुला गिरिजाप्रसाद कोइराला स्मृति कराते प्रतियोगिता आज देखि राजधानीमा सुरु हुँदै छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम नेपाली काँग्रेसका तत्कालीन सभापति  गिरिजाप्रसाद कोइरालाको सम्झनामा प्रतियोगीता हुन लागेको नेपाल सितारियो कराते सङ्घले जनाइको छ ।

पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलबाट करिब ७०० खेलाडीले भाग लिने उक्त प्रतियोगितामा २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।   प्रतियोगितामा २० केजी २४ केजी, २७ केजी, ३० केजी, ३५, केजी ४०, केजी ४५, केजी ५० केजी ५५ केजी र ६० केजी तौलसमूहमा स्पर्धा हुनेछ । दुईदिने सो प्रतियोगितामा स्वर्ण, रजत र कास्यपदक हात पार्ने टोलीले प्रमाणपत्रका साथै ट्रफी प्राप्त गर्नेछन् ।