बस दुर्घटना हुँदा १४ जना घाइते

भदौ २८ ,चितवन-चितवनको रामनगरस्थित भतेरी जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । पोखराबाट सर्लाही जान आउँदै गरेको ना ४ ख ६२२३ नम्बरको बस बिहान करिव २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मुग्लिङ नारायणगढ सडकखण्डअन्तर्गत चितवनको भरतपुर–१ भतेरी जङ्गलमा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । घाइते यात्रुको अहिले चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको थप विबरण आउन बाँकी छ ।