माधब नेपालले भने,‘पार्टीमा मनपरी भो’

भदौ २८, काठमाडौं–एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मनपरी गरेर मन्त्री फेरवदल गरेको आरोप लगाएका छन् । नेता नेपालले पार्टीमा छलफल नै नगरी मन्त्री फेरबदल गरिएको भन्दै असन्तुष्टी जनाए ।‘पार्टीमा छलफल भएको छैन, कुनै सल्लाह भएको छैन’ नेता नेपालले भने,‘हाम्रो पार्टी मनपरी ढंगले चलिरहेको छ । ‘एकल सो’ गर्ने काम भइरहेको छ । यो ठिक होइन ।’

उता, एमाले पुर्वअध्यक्ष झलनाथ खनालले भने पालो पुर्याउन मन्त्रीहरु हेरफेर गरिएको प्रतिक्रिया दिएका छन् । उनले केही मन्त्री हेरेफेर गरेर नयाँलाई पालो दिएको उल्लेख गर्दै अन्य मन्त्रीलाई पनि हटाएर नयाँलाई गरिने बताए ।‘आलोपालो गर्न मन्त्रीलाई फिर्ता बोलाइएको हो,’ खनालले भने,‘अरुको पनि पालो आउँछ ।’ उनले हेरफेरमा बरिष्ठ नेता माधब नेपालको असन्तुष्टीबारे सोध्दा अनविज्ञता प्रकट गरे ।‘यो काम पार्टी अध्यक्षको हो,उहाँले अरुसँग पनि सल्लाह गरेको होला जस्तो मलाई लाग्छ,’ खनालले भने ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।