एसियाडमा भाग लिन आर्चरी टोली कोरिया प्रस्थान

भदौ २७, काठमाडौँ-असोज ३ गतेदेखि सुरु हुने एसियाडका लागि नेपाली आर्चरी टोली आज दक्षिण कोरियाको इन्चोन प्रस्थान गरेको छ । सत्रौं एसियाली खेलकुदअन्तर्गत आर्चरीतर्फ सहभागी हुन ८ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली त्यसतर्फ गएको हो । प्रतियोगितामा पुरुषतर्फ प्रेमप्रसाद पुन, जितबहादुर मोक्तान, असिम शेरचन र रमेश भट्टचनले प्रतिस्पर्धा गर्नेछन् । महिलामा कृष्णमाया स्याङतान, अलिशा तामाङ, मोनिका राना मगर र रेणु लामाले खल्नेछन् ।  टिम प्रशिक्षकमा दीपक गुरुङ र लि चो वन तथा व्यवस्थापकमा रमेश सिवाकोटी रहेका छन् ।