टीकाको साइत १० बजेर १५ मिनेटमा

भदौ २७, काठमाडौं – हिन्दुहरुको महानपर्ब बडादशैंको टीका लगाउने साइत यसबर्ष विहान १० बजेर १५ मिनेटमा रहेको छ । आज बसेको नेपाल पञ्चाङग निर्णायक समितिको बैठकले टिकाको साइतको समय जुराएको हो । समितीका अनुसार असोज १७ गते शुक्रवार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको समितिका सभापति प्राध्यापक डा रामचन्द्र गौतमले जानकारी दिए । समितिका अनुसार घटस्थापनाको दिन जमरा राख्ने साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा छ । यस वर्ष महानवमी र बिजया दशमी एकै दिन असोज १७ गते परेको समेत प्राध्यापक डा रामचन्द्र गौतमले बताए । दशैंलाई नवरात्र भनिने गरे पनि यसपटक आठ रात्री मात्र परेको उनको भनाइ छ ।