बृहद राष्टिय पुस्तक प्रर्दशनीमा १२ हजार कृति राखिने

भदौ २७, काठमाडौँ-एम्बुरी बुक प्वाइटको आयोजनामा आजदेखि बृहद राष्टिय पुस्तक प्रर्दशनी तथा साहित्यिक यात्रा महोत्सबको आयोजना हुदैछ । पढौँ अनि पढाऔँ, पठन संस्कृति बढाऔँ भन्ने नारा सहित सुरु भएको प्रर्दशनी असोज ५ गतेसम्म चल्ने मेलामा करिब १० देखि १२ हजार साहित्यक कृतिहरु प्रदशनीमा राखिने एम्बुरी प्रकाशनका अध्यक्ष कुयोङ लामाले जवानकारी दिनुभयो । मेलामा हरेक दिन विभिन्न साहित्यक कार्यक्रम, गोष्ठी, विभिन्न शिर्षकमा संयुक्त छलफल लगायतका कार्यक्रम हुने एमबुरी प्रकाशनले जनाएको छ ।

सो अवसरमा ऐरावती प्रकाशनले पनि आजै आफ्ना २ कृति सार्वजनिक गर्ने जनाएको छ । नेपाली आख्यानका शिखर पुरुष रमेश ।विकलको कृति कथादेखि कथासम्म र वरिष्ठ साहित्यकार विजय चालिसेको विज्ञानको कैदी गरी २ कृति संयुक्त रुपमा बिमोचन गर्ने तयारी रहेको ऐरावती प्रकाशनका प्रबन्ध निर्देशक आनन्द तिवारीले जानकारी दिनुभयो । अग्रज स्रष्टा विकलका आज लोर्कापण हुने कृतीमा उहाँको पहिलो कथा गरिव देखि अन्तिम कथा विशाल किरात प्रदेशको दुर्दान्त शिकारी लगायत १८ वटा कथा समावेश भएको निर्देक तिवारीले बताउनुभयो । बिमोचन कार्यक्रम दिउसो १ बजे हुने ऐरावती प्रकाशनले जनाएको छ ।