पाँचौँ पटकको अबरुद्ध पछि पनि आज संसद बैठक बस्ने तयारी

भदौ २७, काठमाडौँ-व्यवस्थापिका संसदको बैठक आज पनि  बस्ने भएको छ । दिउँसो ३ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्ने तय भएको संसद सचिवालयका सह प्रवत्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो । बैठकको समय र मिति तय भएपनि एकीकृत माओवादीलगायत विपक्षी दलहरुको अवरोधका कारण बैठक लगातार अवरुद्ध भइरहेको छ । हिजो पनि  व्यवस्थापिका संसदको बैठक पाँचौं पटक अवरुद्ध भएको थियो । बैठक सुरु भएपछि विपक्षि दलहरुले सहमति र बजेटबारे गरिएको प्रतिवद्धता कार्यान्वयन ननभएको भन्दै सदन अवरोध जारी राख्ने बताएका हुन् । विपक्षी दलका सभासदहरुले उठेर विरोध जनाएउन थालेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको हो ।