सीमा नाका आज पनि बन्द हुने

भदौ २७, काठमाडौँ-भोली हुने छिमेकी राष्ट्र भारतको विधानसभा उपनिर्वाचनलाई ध्यानमा राखी नेपाल–भारत सीमा नाका आज पनि बन्द गरिएको छ । बर्दियाको जमुनिदेखि कोठियाघाटसम्मको नेपाल भारत सीमा हिजो बेलुका ५ बजेदेखि भोली बेलुका साढे ६ बजेसम्मका लागि बन्द गरीएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

भारतको उत्तरप्रदेश अन्तर्गत बहराईचका जिल्ला अधिकारी र बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय प्रमुखबीच भएको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको थियो ।