संविधानसभाको बैठक आज पनि बस्दै

भदौ २७, काठमाडौँ-सम्वाद समतिको प्रतिवेदनमा थप छलफल गर्न संविधानसभाको बैठक आज पनि बस्दै छ । विहान ११ बजे बस्ने बैठकमा संविधान निमार्णको नयाँ कार्यतालिका सार्वजनीक गर्ने सम्भावना पनि रहेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।  हिजोको बैठकमा वैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सहमति र असहमतिको प्रतिवेदन माथि छलफल भएको थियो । बैठकमा समितीको सभापति बाबुराम भट्टराईले समितीले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्दै माघ ८ गतेको संविधान जारी मितीलाई असर नपर्ने गरी कार्यतालिका परिमाजर्न गर्नु पर्नेमा जोड दिनु भएको थियो । संविधानसभामा समितीको प्रतिवेदन माथि थप छलफल गरी सहमतिका विषय मस्यौदा समितिमा र विमतिका विषय फेरि छलफल गर्न निश्चित समय तोकेर  संवाद समितिमानै पठाइने जनाईएको छ ।