नेपाल कुवेतसँग पराजीत, विश्वकप खेल्ने संभावना न्युन

भदौ २६, काठमाडौँ-बैङ्ककमा जारी एफसी यू–१६ च्याम्पियनसिप फुटबलमा नेपालले खराब खेल प्रर्दशन गर्दै  समूह चरणको अन्तिम खेलमा उत्तर कोरियासँग पराजित भएको छ । बिहिबार सम्पन्न खेलमा नेपाल ४–१ गोलको ठूलो अन्तरले पराजित भएको हो । नकआउट चरण प्रवेशको सम्भावना कायम राख्न अब नेपालले उज्वेकिस्तान र कुवेतविरुद्धको खेलमा भर पर्नु पर्नेछ । कुवेतले उज्वेकिस्तानलाई ठूलो अन्तरले पराजित गरे मात्र नेपाल गोल अन्तरका आधारमा अघिल्लो चरण प्रवेश गर्न सक्नेछ र विश्वकपको आश रहनेछ ।