शीर्ष तीन दल र नेकपा माओवादी बैठक बस्दै

भदौ २६, काठमाडौँ-सर्वपक्षीय भेलाबारे विबाद कायमै रहेका बेला शीर्ष ३ दल र नेकपा माओवादीको  बैठक आज बस्दैछ । शिर्ष तीन दल नेपाली काँेग्रस नेकपा एमाले एमाओवादी र नेकपा माओवादी सहितको चार दलको आज बस्ने बैठकले सर्वपक्षीय भेला हुने या नहुने भन्ने निष्कर्ष निकाल्ने नेपाली काँगे्रसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा  संविधानसभा बाहिर रहेका दलहरुलाई संविधानसभामा समेट्ने गरी राष्ट्रिय राजनीतिक सभाले गर्न सक्ने पहलका विषयमा छलफल हुन लागेको एमाले नतृ विद्या भण् डारीले जानकारी दिनुभयो । नेतृ भण्डारीका अनुसार आज हुने छलफलमा सभाको नाम, विषयवस्तु, सभा गर्ने मिति र सहभागितालगायत विषयमा छलफल गदैृ निश्कर्ष निकाल्ने तयारी भइरहेको छ । काग्रेस, एमालेले यसै महिनाभित्र सम्मेलन गर्नुपर्ने प्रस्ताव गरेको भएपनि मोहन वैद्य नेतृत्वको माओवादीले असोज ४ गते सभा राख्नुपर्न माग गरेको छ ।  चार दल सम्मिलत कार्यदलमा सर्वपक्षीय भेलाको कार्यविधिमा सहमति नबनेपछि त्यसको टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिइएको छ । संविधानसभा बाहिर रहेका दललाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउन राष्टिय राजनीीतक सम्मेलन गर्न दलहरु एकमत भए पनि त्सका एजेन्डा र मितिमा भने चर्को मतभेद कायमै छ ।