दुई महिना पछि संविधानसभा बैठक आज बस्दै

भदौ २६, काठमाडौँ-बिजनेस  नपाएर स्थगित भएको संविधानसभा बैठक दुई महिना पछि आज बस्ने भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सहमति र असहमतिको प्रतिवेदन  पठाएपछि संविधानसभा बस्ने लागेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।  शर्माका अनुसार आज अपराह्नन ५ बजे बस्ने संविधानसभाको बैठकमा संवाद समितिका सभापति बाबुराम भट्राइले पेश गरेको संविधानका अन्तरवस्तुमा भएका सहमति र सअहमतिको प्रतिवेदनमाथि छलफल हुनेछ । केही दिनको छलफल पछि सहमतिका विषय मस्यौदा समितिमा र विमतिका विषय फेरि छलफल गर्न निश्चित समय तोकेर  संवाद समितिमानै पठाइनेछ ।