शीर्ष दल र नेकपा माओवादी बैठक बस्दै

भदौ २६,काठमाडौं-सर्वपक्षीय भेलाबारे विबाद कायमै रहेका बेला शिर्ष ३ दल र नेकपा माओवादीको  बैठक आज बस्दैछ । शिर्ष तीन दल नेपाली काँग्रस नेकपा एमाले एमाओवादी र नेकपा माओवादी सहितको चार दलको आज बस्ने बैठकले सर्वपक्षीय भेला हुने या नहुने भन्ने निष्कर्ष निकाल्ने नेपाली काँगे्रसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । चार दल सम्मिलत कार्यदलमा सर्वपक्षीय भेलाको कार्यविधिमा सहमति नबनेपछि त्यसको टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिइएको छ । संविधानसभा बाहिर रहेका दललाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउन राष्टिय राजनीीतक सम्मेलन गर्न दलहरु एकमत भए पनि त्सका एजेन्डा र मितिमा भने चर्को मतभेद कायमै छ ।  बैठक आज बस्ने भनिएपनि स्थान र समय भने तय भइसकेको छैन ।