‘इराकमा सैन्य कारबाहीको अधिकार मसँग छ’

भदौ २६,काठमाडौं-अमेरिकी राष्ट्रपति बाराक ओवामाले इराक र सिरियामा संघर्षरत इस्लामिक स्टेट (आइएस) विरुद्द सैन्य कारबाही गर्ने अधिकार आफुसँग भएको बताएका छन्। उनले यो कारबाहीका लागि अमेरिकी संसदसँग अनुमति लिनुनपर्ने अडान लिएको खबर एजेन्सीलाई उदृत गर्दै आजको नयाँ पत्रिकामा छापिएको छ।

मंगलबार डेमोक्रेटिक पार्टीका नेता ,रिपब्लिकन नेता तथा प्रतिनिधीसभाका अध्यक्षसँग कुरा गर्दै ओबामाले यो अडान लिएका हुन् । यसले अमेरिकी राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । ओबामाले आइएसविरुद्द नयाँ रणनीति पनि सार्वजनिक गर्दै छन्। उनको यो सम्बोधनले सिरिया र इराकमा संघर्षरत विद्रोही आइएसविरुद्द गठबन्धन बन्न सक्ने अनुमान छ। गठबन्धनमा युरोपेली मुलुक पनि सदस्य हुनेछन्।

उता सिरिया र इराकको प्रमुख क्षेत्रमा आइएसले कब्जा जमाएको छ।  इाकमा अमरिकी हवाई आक्रमण नरोकिए आफ्नो नियन्त्रणमा रहेका सबै नागरिकको हत्यागरिदिने आइएसले चेतावनी समेत दिएको छ।