विबादित विषयमा वैज्ञानिक ढंगको सहमती जरुरी: देउवा

भदौ २५,काठमाडौँ-पूर्व प्रधानमन्त्री एवंम् नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक संघीयतामा जाँदा  देशले विकासको गति लिनेगरि सहमति खोज्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।  नेपाल विद्यार्थी संघ नुवाकोटको कार्यक्रमा सम्बोधन गदै नेता देउवाले अहिले भइरहेको संरचनालाई नै बैज्ञानिक बनाएर संघीयतालाई आधुनिक बनाउनुपनमा उनको जोड थियो । राज्य र प्रान्तहरुलाई मुख्यमन्त्री चाहिएको भए जिल्लमा रहेका जिविसलाई अधिकार सम्पन्न बनाउन सकिने भन्दै संघीयताको मागलाई पदीय विभाजनसंग तुलना गर्न नहुने देउवाले बताए । सो अवसरमा उनले शान्ति प्रक्रियाको मुख्य बाधक माओवादी रहेको आरोप लगाउदै काग्रेस नेतृत्वले नै लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।