एन्फा कपको उपाधि झापाद्धारा कब्जा

भदौ २५,काठमाडौँ-एन्फा कप फुटबलको उपाधि झापा– ११ ले कब्जा गरेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा संकटा क्लवलाई ४–० गोलले पराजित गर्दै झापा–११ ले उपाधि जितेको हो । उपाधि कब्जासँगै झपाले १० लाख रुपैया हात पारेको छ  । राजधानीको संकटा क्लबले भने आजको खेलमा कुनै जादुमयी उपलब्धी देखाउन नसकेका कारण ठुलो अन्तरले पराजित भएको छ । झापाद्धारा संकटा स्तब्ध भएसँगै उसले उपविजेताका रुपमा ५ लाख रुपैयाँ प्राप्त गरेको छ । ४३ औं मिनेटमा झापाका नगेन्द्र लिम्बूको गोलले अग्रता लिएको झापाले दोस्रो हाफको ७६ औं मिनेटमा कर्ण लिम्बूको गोलले दोब्बर बनाउन सफ भयो ।