सैनिक कारबाहीमा तीन आतङ्ककारी मारिए

भदौ २५,काठमाडौँ-भारत प्रशासित कश्मिरमा भारतीय सैनिकले गरेको कारबाहीमा बुधबार तीनजना आतङ्ककारी मारिएका छन् । गस्तीमा रहेको भारतीय सैनिकको समूहमाथि आतङ्ककारीले हमला गरेपछि उनीहरु मारिएका सैनिक स्रोतले जनाएको छ ।     कश्मिर र जम्मुको केरान जिल्लामा ती आतङ्ककारी मारिएको बताइएको छ । भारत प्रशाशित जम्मु र कश्मिरमा हालैका केही दिनयता व्यापक गोलाबारी भइरहेका छन् ।      केही समययता भएका ती गोलाबारीमा परी केही भारतीय र पाकिस्तानी नागरिक पनि मारिएका छन्