इबोला नियन्त्रणमा राष्ट्रपति ओबामाको प्रतिबद्धता

भदौ २५, काठमाडौँ-अमेरिकी राष्ट्रपति बाराक ओबामाले इबोला भाइरसको नियन्त्रणका लागि सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सो विषयमा अमेरिकी सहयोगको प्रतिबद्धता दिएकाो समाचारमा जनाइएको छ। उनले सो सङ्क्रमण नियन्त्रणमा अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई थप सहयोग उपलब्ध गराउने बताएका हुन्।सोमबार राष्ट्रपति ओबामा र संयुक्त राष्ट्रसङ्घीय महासचिव बान कि मुनबीच फोनवार्ता भएको र सो वार्ताका क्रममा राष्ट्रपति ओबामाले सो सहयोगको प्रतिबद्धता व्यक्त गरेको समचारमा उल्लेख छ। 
 
साथै उक्त फोनवार्ताका क्रममा उनले सो सङ्क्रमणको नियन्त्रणमा विश्वव्यापी रुपमा नै थप सहयोगको अपेक्षा पनि गरे। सो फोनवार्ताका बारेमा जानकारी दिँदै राष्ट्रपति ओबामाले उक्त सङ्क्रमणको नियन्त्रणका लागि संयुक्त राष्ट्रसङ्घले लिएको अग्रसरताका लागि महासचिव बान कि मुनलाई धन्यवाद ज्ञापन गरेको बताइएको छ।  गत महिनादेखि महामारीको रुप लिएको यस सङ्क्रमणबाट विशेषगरी पश्चिम अफ्रिकी राष्ट्रहरुमा सयौं नागरिकको ज्यान लिइसकेको छ।
अमेरिकामा यस रोगको औषधि पत्ता लागेको भएपनि त्यसलाई सर्वसुलभ भने बनाउन सकिएको छैन।  साथै उहाँहरुको फोनवार्ताका क्रममा हालैका दिनमा सिरिया र इराकमा आतङ्क मच्चाइरहेको एक सशस्त्र संगठन आईएसका हिंसात्मक क्रियाकलाप नियन्त्रणका लागि पनि संयुक्त राष्ट्रसङ्घको समन्वयका बारेमा कुराकानी भएको थियो।