एन्फा कपको फाईनलमा आज संकटा र झापा भिड्ने

भदौ २५, काठमाडौँ-एन्फा कप फुटबल प्रतियोगिताको उपाधिका लागी आज संकटा क्लब र झापा ११ विच प्रतिष्पर्धा हुँदैछ । दशरथ रंगशालामा आज दिउँसो हुने फाईनल प्रतियोगीतामा दुवै टोली जितको खोजीमा रहने छन । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गदै संकटा फाइनलमा प्रबेश गरेको थियो भने शत्र प्रहरीलाई २–० ले हराउदै झापा पनि फाईनलको लागी स्थान सुरक्षित गरको थियो ।

८ टोली सहभागी प्रतियोगितामा आफ्नो पहिलो भिडन्तमै उपाधि दावेदारहरु मनाङ–मस्र्याङदी, थ्रिस्टार र नेपाल पुलिस क्लब बाहिरिएका थिए । विजेताले दश लाख तथा उपविजेताले पाच लाख रुपैया पुरस्कारको व्यवस्था गरीएको छ । प्रतियोगिताका दुई सेमिफाइन लिष्टहरु आर्मी र सशस्त्रले समान एक–एक लाख रुपैया जितेका छन् ।