अन्तरकलेज बास्केटबलको फाइनल आज

भदौ २५, काठमाडौँ-मोर्गन इन्टरनेशनल कलेज र जेभियर इन्टरनेशनल प्रथम ब्रुकलिन कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगीताको फाइनल खेल आज हुदैछ ।  यसअघि पहिलो सेमीफाइनल खेलमा मोर्गनका डेन्जो गुरुङले  २२ स्कोर गर्दै टिनिटीलाई ६१ ५७ ले पराजित गरेका थिए । अर्को समीफाइनलमा जेभियरले आयोजक ब्रकलिनलाई ६१ ४९ अंकले पराजित गर्न सफल भएको थियो । बिजयी टोलीका लागी शैलेश मगरले १४ अंकको योगदान गरेका थिए ।