प्लान परामर्श समिती बैठक आज सम्पन्न हुने

भदौ २५, काठमाडौँ-राजधानिमा जारी कोलम्बो प्लान परामर्श समिती बैठक आज सम्पन्न हुने भएको छ । हिजो देखि सुरु भएको दुई दिने बैठकमा सर्वोच्च स्तरको निति निमार्ण गरिदै आज सकिने भएको हो । आर्थिक, सामाजिक र प्राविधिक सहयोग प्रदान गर्ने अन्तरसरकारी क्षेत्रिय संस्थाको रुपमा रहेको कोलम्बो प्लान बैटकमा संस्थाका २७ सदस्य राष्ट्र मध्य २४ राष्ट्र सहभागि रहेका छन् । प्रत्येक दुई वर्षमा आयोजना गरीने प्लान बैठक नेपालले यो दोस्रो पटक आयोजना गरेको हो ।