यतायात टिकट बुकिङ आज देखि खुल्ला

भदौ २५, काठमाडौँ-नजिकिँदै गरेको दशै तिहारलाई मध्य नजर गर्दै राजधानी बाहिर चल्ने यतायात टिकट बुकिङ आज देखि खुल्ला गरीएको छ ।  बस व्यवसायी महासंघले आज देखि लामो दु्रीका बसको टिकट अग्रिम बुककिङ खुल्ला गरेको हो । टिकट बुकिङका लागी यातायता व्यवस्था विभाग, प्रहरी र ट्रफ्रिक प्रहरीलाई सहयोगीको भुमिका निर्वाह गर्न सरकारले निर्देशन दिएको छ । आज देखि कात्तिक १५ सम्म राजधानिको कलंकी, बल्खु, नयाँ बसपार्क, कोटेश्वर गौशला, जोरपाटी लगायतका स्थानबाट टिकट बुकिङ खल्ला गरीएको हो ।

यात्रुहरुको सुविधाका लागी उपत्यका र उपत्यका बाहिर यात्रु साहयता कक्षाको पनि स्थापना गरीएको छ । यस पटक गत वर्षको तुलनामा यात्रुहरु बढ्न सक्ने भन्दै यातायात व्यवसायीले ६ सय नयाँ बस थप्ने तयारी गरेको छ । यस पटक २६ लाख भन्दा बढी व्यक्ति दशैमा उपत्यका बाहिर जाने अनुमान गरिएको छ ।

यसैविच नजिकिदै गरेको चाड पर्वलाई मध्यनजर गर्दै अपराधिक घटना हुन नदिन प्रहरीले विषेश सुरक्षा व्यवस्था कडा पार्ने भएको छ । चाडपर्वको बेला अवाञ्छित क्रियाकलाप हुन सक्ने भन्दै गृहमन्त्रालयले क्षेत्रिय प्रशासन कार्यलय, जिल्ला प्रहाशन कार्यालय, प्रहरी प्रशासनलाई गर्न निर्देशन दिए संगै सुरक्षा व्यवस्थाा कडा पार्ने भएको हो । चाड पर्वको बेला चोरी हुन सक्ने भन्दै विभिन्न स्थानमा सादा पोसाकमा प्रहरी समेत खटाईने तयारी गरको छ ।