विबादित विषयमा सहमती खोज्न शीर्ष दलको छलफल जारी

भदौ २५, काठमाडौँ-संविधानका विबादित विषयमा सहमति खोज्ने प्रयास स्वरुप प्रमुख  तीन दलको बैठक अहिले बसिरहेको छ । संहदरबारमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शिर्ष नेताहरु सहभागी हुने भएका छन् । बैठकमा संविधानसभाको भंग गरी गोलमेच सम्मेलन मार्फत समस्या समाधानको माग गर्दै आएको नेकपा माओवादीको मागका बारेमा छलफल भइरहेको बताइएको छ । सांविधानका सबै भन्दा बढी विवादित राज्यको पुनरसंरचना, शासकिय स्वरुप, न्यायप्रणालीका विषयमा छिटो सहमति गरेर अन्तिम मस्यौदा बनाउने कसरत स्वरुप दलहरुले छलफललाई निरन्तरता दिइरहेका छन्  । बैठकमा शिर्ष ३ दलका शिर्ष नेताहरु सहभागी रहेको एमाओवादी अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिए ।