दुई साता देखि अवरुद्ध संसद बैठक आज बस्दै

भदौ २५, काठमाडौँ-व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । प्रतिपक्षि दलहरुले विभिन्न् ४ बुँदे मागको कार्यान्वयन तथा उच्च स्तरीय राजनीतक संयन्त्रको माग गर्दै आएपछि करिब २ साता देखि स्थगित भएको ब्यबस्थापिका संसदको बैठक आज दिउसो १ बजेका लागी बोलाइएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्मले जानकारी दिनुभयो । शर्माका अनुसार आजको बैठक पनि प्रतिपक्षीको अवरोधका कारण चल्ने वा नचल्ने भन्नेमा दुबिधा रहेको छ । संसद बैठक संचालन हुन नसकेमा सोही बैठकमा संविधानसभा बैठक संचालन हुने बताइएको  छ ।

संविधानसभाको आजको बैठकमा संविधानसभाको कार्यतालिका संशोधन गरिने छ ।  कार्यव्यवस्था नियमावलीमा नै विवादित विषय एक पटक संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने उल्लेख रहेको भन्दै माघ ८ गते संविधान जारी गर्ने कार्यतालिका प्रभावित नहुने गरी समितिलाई विवादित विषयमा सहमति जुटाउन समय दिइने संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

राज्यपुनसंरचना, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रण्ाँली र कानून प्रण्ाँलीमा दलहरुबीच सहमति हुन सकेको छैन । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले ती विषयमा छलफलका लागि थप समय आवश्यक भएको सुझावसहित गत आइतबार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई प्रतिवेदन बुझाएको थियो ।