पैसा थुप्रियो, लगानी गर्ने ठाउँ छैन

भदौ २५,काठमाडौं-सोमबार सकिएको नाडा अटोमोबाइल्समा सहभागी वाणिज्य बैंक अटो कर्जामा ग्राहक तान्न चर्को प्रतिस्पर्धामा उत्रिए।

  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट गत महिना २० अर्ब निक्षेप संकलन गर्ने प्रस्ताव माग्दा ३५ अर्बको आवेदन पर्‍यो यसमा बैंकले १ प्रतिशतभन्दा कम व्याजदर पाउँछन्।
  • ९१ दिनको ऋणपत्रको व्याजदर अहिले ०.०१७ प्रतिशत छ।
यी तीन उदाहरणले बैंक तथा वित्तीय संस्थामा देखिएको आर्थिक तरलता (लगानीयोग्य रकम) ले निकास खोजिरहेको प्रमाणित हेने आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
पछिल्लो एक वर्षदेखि अधिक तरलताको समस्या भोग्दै आएका बैंक तथा वित्तीय संस्थाले अझै पनि अधिक तरलताको समस्याबाट पार नपाउने बैंकहरुबीच अटो लोन दिन ग्राहक तान्न भएको प्रतिस्पर्धा र ट्रेजरी बिल्सको व्याजदरले पुष्टि गर्छ।
तत्कालका लागि बैंकिङ क्षेत्रबाट २० अर्ब रुपैयाँ राष्ट्र बैंकमा गए पनि अधिक तरलता रकम केही घटेको छ । तर, राष्ट्र बैंकमा राखेको निक्षेपबाट प्राप्त हुने व्याजदरले बैंकहरुले निक्षेपकर्तालाई तिर्न पुग्ने व्याजदर पनि प्राप्त हुँदैन ।
अर्थशास्त्री डा. डिल्लीराज खनालले पछिल्लो समयमा वित्तीय क्षेत्रमा निक्षेप राखिने पैसा ‘नेगेटिभ सेभिङ’ हुन पुगेको बताए ।’ मुल्यवृद्धि १० प्रतिशतको हाराहारीमा रहेको अवस्थामा बढीमा पाँच प्रतिशत मुद्दती निक्षेपमा व्याजदर पाउने व्यवस्था छ,’ उनले भने,’ यसले निक्षेपकर्ताले बैंकमा राखेको पैसा मुल्य वृद्धिअनुसार घट्न पुगेको छ।’