प्रस्ताबित राजदूतको सुनुवाई प्रक्रिया शुरु

भदौ २४, काठमाडौँ-संसद्को सार्वजनिक सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिले सार्वजनिक सूचना निकालेर प्रस्तावित नामबारे कुनै उजुरी भए पठाउन आह्वान गरेको छ । समितिकाअनुसार प्रस्तावित नाम उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरी या सूचना दिन सकिन्छ ।सरकारले ५ दिनअघि विभिन्न छवटा मुलुकमा परराष्ट्र मन्त्रालयका सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

थाइल्याण्डका लागि खगनाथ अधिकारी, अम्बिकादेवी लुईंटेल फ्रान्स, कालीप्रसाद पोखरेलल क्यानडा, यज्ञबहादुर हमाल कुवेत, दीपक धिताल जेनेभास्थित स्थायी नेपाली नियोग र अमृतबहादुर राईलाई दक्षिण अफ्रिकाका लागि सिफारिस गरिएको छ ।  सरकारको यस सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।