कांग्रेस–एमाले सहमतिबाट पछि हटे: प्रचण्ड

भदौ २४, काठमाडौँ-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस –एमाले विगतका सहमतिबाट पछि हटेको आरोप लगाएका छन् ।

मंगलबार  बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर प्रचण्डले सत्तारुढ कांग्रेस र एमाले १२ बुदे सहमति, वृहत शान्ति सम्झौता र त्यसपछि भएका सहमतिबाट पछि हटेकोे भन्दै असन्तुष्टि जनाएको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिए ।

खकुरेलका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कोईरालालाई संविधान बन्ने ग्यारेन्टी गरि देशलाई दुर्घटनाबाट बचाउन आग्रह गरेका थिए । प्रचण्डले बैद्य माओवादीको माग अनुसार छिटो गोलमेल सम्मेलन गर्न समेत आग्रह गरेका थिए ।