रुसी उद्योगीसँग सम्बन्ध विस्तार गरिने

भदौ २४, काठमाडौँ-नेपाल र रुसबीचको व्यापार विस्तार गर्दै दुई देशबीचका उद्योगी तथा व्यवसायीसम्म सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिइएको छ ।  नेपाल चेम्बर अफ कमर्ससँगको अन्तक्र्रियामा नेपालका लागि रुसका राजदूत डा सर्गेइ भासिलिभिच भेलिच्किनले दुई देशबीचमा क्रमशः घट्दै गएको उल्लेख गर्दै आगामी दिनमा त्यसलाई विस्तार गर्न उद्योगी तथा व्यापारीबीच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् । उनले नेपालमा पर्यटक ल्याउन आफूले जतिसक्दो सहयोग गर्ने उल्लेख गर्दै नेपाल भ्रमण गर्न आफ्नो देशका नागरिकलाई आग्रह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले नेपालमा ऊर्जा, कृषि एवम् पर्यटन क्षेत्रमा लागानी गर्न व्यवसायीलाई आग्रह गर्ने वचन दिए । राजदूत भेलिच्किनले नेपालले पर्यटन तथा निर्यात क्षेत्रमा व्यापारीकरण र सहजीकरण गरिनुपर्नेमा जोड दिए  । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा चेम्बरले नजिकको सम्पर्कमा रहेर कार्य गरिरहेको उल्लेख गर्दै नेपाल लगानीका लागि उपयुक्त भएको बताए ।