बीपीलाई विर्सने कुरा एकादेशको दन्त्य कथा हो:प्रम कोइराला

भदौ २४, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले प्रजातन्त्रको संस्थागत विकास भएपछि मात्र आर्थिक समृद्धि हुने बताएका छन्  । प्रजातन्त्र संस्थागत विकासका लागि संविधान निर्माण पहिलो प्राथमिकता भएको उनको तर्क छ । बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको १८ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री कोइरालाले उक्त धारणा राखेका हुन् । काँग्रेसवृत्तमा बिपीको समाजवादलाई बिर्सिएको भन्ने आरोपको खण्डन गर्दै उनले भने समाजवादको व्यावहारिक प्रयोगले मात्र विकासोन्मुख मुलुकको समृद्धि हुन्छ । त्यसैले मैले  र नेपाली काँग्रसले विपी वाबु र उहाँको अजर अमर विचार र उहाँ स्वयमलाई विर्सने भन्ने कुरा एकादेशको दन्त्य कथा मात्रै हो ।