माओवादीको प्रस्ताव, राष्ट्रिय राजनीतिक सम्मेलन असोज २ मा

भदौ २४, काठमाडौं – सर्ब दलिय सहमतीबाट नयां संविधान बनाउनका लागि नेकपा–माओवादीले उठाउदै आएको राष्ट्रिय राजनीतिक सम्मेलन असोज २ गते गर्नु पर्ने उसले प्रस्ताव गरेको छ । संविधान लेखका लागि पछि ढिला हुने भएकाले प्रधानमन्त्री सुशिल कोइराला अमेरिका जानु अघिल्लो दिन असोज २ गते पहिलो चरणको राजनितीक सम्मेलन हुनुपर्नेमा माओवादीले प्रस्थाव गरेको हो । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादीका सचिव देव गुरुङले सम्मलेनको मितिबारे आफ्नो पार्टिको प्रस्ताव गरेका हुन । राजनितीक सम्मेलनका लागि दलहरुबीच विवाद भइरहेका बेला माओवादीले सम्मेलनको मिती नैं तोकेर संविधान निमार्णमा लचकता देखाएको छ । चार दलीय कार्यदलका सदस्य समेत रहेका गुरुङले कार्यक्रममा बोल्दै सर्बपक्षिय राजनितीक सम्मेलनमा प्रधानमन्त्री नैं समेल हुँदा राम्रो हुने भएकाले उहाँ अमेरिका जानु अघि नैं त्यसको सुरुवात गरि हाल्नु पर्ने बताए ।
दलहरुले चार वर्र्षसम्म संविधानका अन्तरवस्तुमा सहमति जुटाउन नसकेका कारण त्यसमा एक दुइ दिनकैं छलफलले सहमती हुन नसक्ने अवस्था नरहेकाले सहमतीका लागि केही लामो समय लाग्न सक्ने सचिव गुरुङको भनाई थियो ।