जनजाति महासंघ उत्र्यो आन्दोलनमा

भदौ २४, काठमाडौं – विभिन्न माग गर्दै आदिवासी जनजाती महासंघ आन्दोलनमा उत्रेको छ । धर्मनिरपेक्षता, गणतन्त्र, संघियता र पूण समानुपातिक प्रतिनिधित्वलाई नयां बन्दै गरेको संविधानमा अपरिवर्तनीय धाराको रुपमा सुनिश्चित गरिनुपर्ने , न्यूनतम एक जाति एक प्रतिनिधित्व गरिनुपर्ने माग र विगतमा अमफुसंग भएका सम्झौता तत्काल कार्यन्वयन गर्नुपर्ने लगाएतका मुख्य मागहरु राख्दै महासंग आन्दोलमा उत्रेको हो ।
आन्दोलनका कार्यक्रममा असोज १ देखि ३ गतेसम्म संविधानसभा भवन बानेश्वरमा र प्रमुख प्रशासनमा धर्ना दिन, कातिर्क १५ गतेसम्म जागरण अभियान चलाउने, कातिर्क १६ देखि मंसिर १५ सम्म लिम्बुवान, तमुवान, किराँत, ताम्सिालिङ्, नेवा, मगरात, थरुहट वल्लो किराँत र कोचिला लगायतका क्षेत्रमा प्रान्तीय आमसभा गर्ने लगाएतका आन्दोलनका कार्यक्रम रहेको पत्रकार सम्मेलनमार्फत महासंघका अध्यक्ष नरेन्द्र कुमार कुमालले जानकारी दिए । आफनो पहिलो चरणको आन्दोलनबाट कुनै सुनुवाइ नभए मंसिर १६ गतेदेखि कडा आन्दोलनमा जाने अध्यक्ष कुमालको भनाइ छ । जनजाति नेता आङकाजी शेर्पाले संविधान विपरित सरकारले १७ सभासद मनोनित गरेको भन्दै आफुहरुको आपत्ति रहेको बताए ।