स्पेनद्धारा मासेडोनिया पराजित

भदौ २४, काठमाडौँ-युरोपियन च्याम्पीयनको छनोट खेलमा स्पेनले उत्कृष्ट प्रदर्शन गरेको छ । गएराति सम्पन्न खेलमा स्पेनले मासेडोनियालाई ५–१ गोलले पराजित गरेको हो । स्पेनका लागि सर्जियो रामोस, डेभिड सिल्भा, पेड्रो रोड्रिगेज, बस्क्वेट र पाको अल्कासरले एक एक गोल गरेका थिए । त्यस्तै गएरातिकै अर्को खेलमा ईङल्याण्डले स्वीजरल्याण्डलाई २–० गोलले हराएको छ । ईङल्याण्डका लागि दुबै गोल खेलको ५८ औं र ९४ औं मिनेटमा डेनी वेलब्याकले गोल गर्न सफल भएका हुन् ।