सुनकोसी पीडितलाई ५० हजार सहयोग

 भदौ २४, गौशाला-बर्दिवास उद्योग वाणिज्य सङ्घले सुनकोसी बाढीपीडितका लागि रु ५० हजार सहयोग गरेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षेत्रीले आज जिल्ला प्रशासन कार्यालय महोत्तरीमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेलाई सो रकम हस्तान्तरण गरेका हुन् ।  बर्दिवासका स्थानीय व्यापारी तथा उद्योग वाणिज्य सङ्घको संयुक्त सहयोगबाट उपलब्ध गराइएको उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने छ ।