इबोला थप अनियन्त्रित

भदौ २२,एजेन्सी–इबोलाले महामारीको रुप लिन सक्ने संकेत देखेपछि पश्चिम अफ्रिकी देश सियरा लियोन चार दिनका लागि बन्द गरिने भएको छ । महामारी रोकथामका लागि एक प्रयासस्वरुप आगामी सेप्टेम्बर १८ देखि चार दिनसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत निर्देशन दिइएको राष्ट्रपतिका कार्यालयका एक बरिष्ठ अधिकारीको भनाइ उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

सरकारको यस निर्णयसँगै पश्चिमी अफ्रिकी मुलुकहरु इबोलाको महामारीपछि एकपछि अर्को निर्णय लिन बाध्य भएको प्रष्ट हुन्छ । विगत ६ महिनादेखि फैलिएको इबोला महामारीका कारण अफ्रिकी मुलुकमा २१ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । ‘रोगलाई अझ बढी फैलनबाट रोक्न र संक्रमणको आशंका लागेका स्वास्थ्यकर्मीलाई प्रारम्भिक चरणमा उपचार गर्न साधारण नागरिकलाई सेप्टेम्बर १८ देखि २१ सम्म घरबाहिर निस्कन प्रतिवन्ध लगाइएको छ’,इबोला कार्य दलसम्बन्धि राष्ट्रपतिका एक सल्लाहाकारले शनिबार भने ।
आजको राजधानी दैनिकमा खबर छ ।