एन्फा कपमा आज सङकटाले मोरङको सामना गर्दै

भदौ‌ २०,काठमाडौ-एन्फा कप फुटबल प्रतियोगितामा आज सङकटा क्लबका बिरुद्ध मोरङ क्लबले सामना गर्ने भएको  छ । दिउसो १ बजे दशरथ रङगशालामा हुने आजको खेल दुवै प्रतिस्पर्धी टोलीका कारण रोचक हुने अनुमान गरिएको छ । यसअघि हिजो भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी क्लबलाई पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा आर्मीले प्रहरीलाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारभित्र पर्ने तेस्रो टिमसमेत बन्यो । यसअघिको पहिलो खेलमा झापा फुटबल क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने दोस्रो खेल सशस्त्र प्रहरी बल (एपिएफ) ले थ्रिस्टार क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

आर्मीको तर्फबाट नवयुग श्रेष्ठ र दीपक गुरुङले गोल गरे । श्रेष्ठले खेलको पहिलो हाफको ३३औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए भने गुरुङले खेलको ७२ औँ मिनेटमा गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे । प्रहरीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोतिगाबाट बाहिरिन बाध्य बन्यो । भोलि शुक्रबार दिउँसो समूह चरणको अन्तिम खेलमा सङ्कटा क्लबले मोफसलको टिम मोरङ् फुटबल क्लबको सामना गर्नेछ ।

हिजोको बैठकमा दलहरुले सुरुमा आआफ्नै घोषणा पत्र अनुसार प्रदेश संख्या तोकीनुपर्ने अडान लिए पनि अन्तत माओवादी १० प्रदेशको अडानबाट झरेर ८ मा लचिलो हुने भएपछि ७ प्रदेशको अडानमा रहेका सक्तसाझेदार काँग्रस एमालेले पनि आफ्नो अडान छाडेर लचिलो भए आज सहमती हुने संभावना छ । यसैबिच नयाँ संबिधानमा महिला दलित आयोगलाई संबैधानिक बनाउन दलहरु सहमत भएका छन् । संवैधानिक राजनीीतक संवाद तथा सहमती समिति अन्र्तगतको उपसमितिले यी दुइ आयोगलाई संवैधानिक बनाउने निर्णय गरेको समीति संयोजक लक्ष्मणलाल कर्णले जानकरी दिनुभयो । संवैधानिक निकायको संरचनाका विषयमा बै विबाद टुंगीएपछि उपसमितिले आज समितिमा प्रतिबेदन बुझाउँदैछ ।