दशैंका लागि नागरिक सहायता कक्ष

भदौं २०,काठमाडौं-दशैंका लागि उपत्यकाबाट बाहिरीने सवारीसाधनहरुको अनुगमनका लागि तथा यात्रुहरुको समस्या समाधानका लागि उपत्यकाका विभिन्न १२ स्थानहरुमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ। आजको नागरिक दैनिक लेख्छ, महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार सर्वसाधारण जनताको समस्या सुन्न र समाधान गर्न सातदोबाटो, कोटेश्वर, तिलगंगा, गौशाला, जोरपाटी, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, बल्खु, पुरानो बसपार्क र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिने छ। सहायता कक्षमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरु रहने छन्।