विबादित विषयमा पर्सी सम्ममा सहमति– ओली

भदौ १९, काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानका विबादित विषयमा पर्सीसम्ममा सहमति हुने बताएका छन् । नियमित स्वास्थ्योपचारका क्रममा भारतबाट फर्किने  त्रिवि विमानस्थलको विशेष कक्षमा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलील मिल्न बाँकी विषयमा सहमति जुटाएर अगाडि बढनुपर्ने र  सबै नेपालीले आफ्नो अपनत्वको महसुस गर्न सक्ने खालको संविधान निर्माण गरीने  बताएका छन् ।

एमाले संसदीय दलका नेता ओलीले देशलाई शान्ति, लोकतन्त्र, सामाजिक न्यायले  समुन्नत बनाउनका लागि सहमति गरेर जानुपर्ने आवश्यकता छ  भन्दै मुलुकलाई बलियो बनाउने र भोलिका निम्ति मार्गदर्शन गर्ने खालको संविधान निर्माणका लागि सहमतिको बिन्दुमा आउन  सबैलाई आग्रह समेत गरेका छन् । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा डा अनन्तकुमारलगायत चिकित्सकसँग मिर्गाैलासम्बन्धमा नियमित स्वास्थ्य जाँच गराउन यही भदौ १२ गते भारत गएका थिए ।

भारतमा रहँदा  पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ओलीले  भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटी दुई देशको पारस्पारिक सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।  दिल्ली उपचारका क्रममा प्रवासी नेपालले आयोजना गरेको  कार्यक्रममा सहभागी भएर उनीहरुको बसाइँलगायतका विषयमा समेत कुराकानी भएको बताइएको छ ।